काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर नयाँ केन्द्रीय कमिटीले कारबाही गर्नसक्ने बताएका छन् ।
चितवन महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाले सुनारको अभिव्यक्ति अराजनीतिक भएको भन्दै उनको अभिव्यक्तिको विषयमा नयाँ केन्द्रीय कमिटीले रिभ्यु गर्नसक्ने बताए ।
‘अराजनीतिक टीकाटिप्पणी गलत हो, एउटा लाइनमा, आफूले बोलाएको पाहुनालाई बोलाइसकेपछि कम्तीमा निश्चित दायरामा सम्मान व्यक्त गर्नै पर्छ, त्यस्तो राजनीतिक टीकाटिप्पणी गर्ने, मूल्यांकन अभिव्यक्त गर्ने ठाउँहरू निश्चित हुन्छन्, तर, आउनुभएपछि अतिथि हो, यो सबै कार्यक्रमहरू सकिइसकेपछि निश्चित ठाउँमा गएर तपाईँले आफ्नो अभिव्यक्ति दिन पाउनुहुन्छ । डेमोक्रेसी हो, फ्रिडम अफ एक्सप्रेसन कायम हुन्छ, त्यो भन्दैमा घरैमा बोलाएर गाली गर्न हुँदैन एउटा कुरा’, उनले भने ।
‘ती व्यक्तिहरूलाई सांसद वा नेताहरूलाई कारबाही के कस्तो हुन्छ भन्ने कुरा निर्वाचित नयाँ कमिटीले, अनुशासन कमिटीले त्यसलाई रिभ्यु गर्ला, अहिले हामी ट्रान्जिसन फेजमा छौँ, त्यसैले गर्दा यस्तो नै हुन्छ भन्ने कुरा अहिले हामीले बोल्न हुँदैन’, उनले भने