काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू मानसिक रूपमा महामन्त्री पदका लागि तयार भइसकेको बताएका हुन्। उनले परिणाम जेसुकै आए पनि चुनावमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारे। झाका अनुसार मिडियामा आएका चर्चाहरूको उनले स्वीकारोक्ति गर्दै उम्मेदवारी दिने निर्णय लिएको बताए। उनले आफूलाई तत्काल प्रधानमन्त्री वा पार्टी सभापति बन्ने महत्वाकांक्षा नभएको पनि उल्लेख गरे।