काठमाडौँ। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्