भरतपुर । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुगेका छन् । रास्वपाको बहुप्रतिक्षित प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आइतबार मध्यान्ह भरतपुर विमानस्थलमा अवतरण गरेका हुन ।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री शाह महाधिवेशन अवधिभर अर्थात् आगामी तीन दिनसम्म भरतपुरमै रहने तालिका तय भएको छ। महाधिवेशन असार ७, ८ र ९ गतेसम्म चितवनमा चल्नेछ, जसले पार्टीको नयाँ नीति र केन्द्रीय नेतृत्व चयन गर्नेछ।