काठमाडौँ । नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको सँघारमा पुगेको बताएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले मार्क्सवादी दर्शनलाई व्यवहारमा लागू गर्न नसक्दा आन्दोलन संकटमा परेको बताए। उनका अनुसार किताबी दर्शन र व्यवहारबीचको दूरी, संसद्वादप्रतिको झुकाव तथा जडसूत्रीय सोचले कम्युनिस्ट आन्दोलन कमजोर बनेको हो। शर्माले नेताहरूको भनाइ र व्यवहारबीचको अन्तरले पनि आन्दोलनलाई नकारात्मक असर पारेको उल्लेख गर्दै आफूमा समेत कमजोरी रहेको स्वीकार गरेका छन्।