सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिमा मदन खड्का पुनः निर्वाचित भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबारदेखि जारी रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न मतदानबाट खड्का पुनः प्रदेश सभापतिमा चयन भएका हुन् ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा खड्काले २८८ मत प्राप्त गर्दै स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई फराकिलो मतान्तरले पराजित गरे । उपाध्यायले ६३ मत प्राप्त गर्दा बस्नेतले ३५ मत पाएका थिए ।
पुनः सभापति बनेका खड्का कर्णालीमा रास्वपाको संगठन विस्तार तथा सुदृढीकरणमा सक्रिय भूमिका खेल्दै आएका नेता हुन् । सभापति पदकी प्रत्यासी स्नेहा उपाध्याय रास्वपाकी निवर्तमान कोषाध्यक्ष हुन् । नन्दकिशोर बस्नेत भने गत वर्षको फागुनमा मात्रै रास्वपामा प्रवेश गरेका थिए ।