काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले बजेट कार्यान्वयनका लागि विद्यमान कानुनी व्यवस्था नै बाधक बनेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा बोल्दै उनले बजेट कार्यान्वयन सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताए। उनका अनुसार ठेक्का प्रक्रिया, वनसम्बन्धी कानुन लगायतका कारण बजेट कार्यान्वयनमा ढिलाइ हुने गरेको छ। उनले यस विषयमा आफूले कानूनमन्त्रीसँग पनि छलफल गरेको उल्लेख गर्दै बजेट कार्यान्वयन सरल बनाउने गरी कानुनी सुधार गर्नुपर्ने सुझाव दिए।
राईले बजेट बनाउने तर समयमै खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै वर्तमान प्रक्रियागत जटिलताका कारण विकास निर्माणका काम असार महिनामा हतारमा गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे।