काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने प्रयास अस्वीकार्य भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी भारतको कुनै पनि भू–भाग अतिक्रमण नगरेको दाबी गर्दै नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा समेत गलत सामग्री फैलाएर नेपाललाई गलत रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको आरोप लगाए। यस्तो प्रवृत्तिले राष्ट्रको छवि र प्रतिष्ठामा आँच पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे। सांसद राईले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएका विषयमा सबै पक्ष जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको बताए।