काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
आर्थिक विधेयकमा करको दर हेरफेर गरिएको विषयलाई लिएर राप्रपाले छानबिनको माग गर्दै अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने जनाएको हो। पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले नैतिकता र निष्पक्षताको दृष्टिकोणले अर्थमन्त्री पदमा रहन उपयुक्त नहुने बताइन्। संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पृष्ठ हटाएर मन्त्रालयले नयाँ संस्करण सार्वजनिक गरेको विषयमा सरकारको आलोचना भइरहेको छ। संसद्का जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा परिवर्तन गर्न संसद्को स्वीकृति आवश्यक हुन्छ।