काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर रावल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै दुई जनालाई राज्यमन्त्रीको शपथ ग्रहण गराइएको छ । मधु भारती सामाजिक विकास राज्यमन्त्री बन्दा जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।
राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका हुन् । उनीहरू सबै कांग्रेसबाट मन्त्री बनेका हुन् ।