काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित संखुवासभाका ३ नेतालाई चुनावमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय अनुशासन समितिले खड्कासहित संखुवासभाका जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
खड्कामाथि विशेष अधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार गर्दिनँ, कांग्रेसले चुनाव जित्दैन आफ्नो इच्छाअनुसार गर्नु भन्ने अभिव्यक्ति दिएको, आफ्ना नजिकका साथीहरूलाई कार्यक्रममा उपस्थित नहुन फोन गरेको, देखावटी रूपमा रुखमा मत मागे पनि आन्तरिक रूपमा सूर्य, घण्टी र माटोमा मत हाल्न लगाएकोजस्ता आरोप छ ।

