काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहान शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले जेठ २० गते एमालेका ४ र जसपाका १ गरी ५ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए ।
नयाँ मन्त्रीहरुमा एमालेबाट तुलसीप्रसाद चौधरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी तोकिएको छ।
त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेका खत्री यसअघि पनि मन्त्री थिए। उनीबाहेक एमालेबाट मन्त्री बनेका अन्य तीन जना नयाँ अनुहार हुन् ।