काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
उनको भ्रमणका क्रममा असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमणका दौरान द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा हितका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। निर्धारित कार्यक्रमअनुसार भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार १७ गते स्वदेश फर्किनेछन्।