काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी छैनन् ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बैठक बहिष्कार गरेका छन् । उनीहरू मध्ये प्रचण्ड अस्वस्थ भएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । सर्वदलीय बैठकमा पार्टीका प्रमुखलाई निमन्त्रणा गरिएको थियो ।
संसदकाे गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्नका लागि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको ठूलो दलको हैसियतले लामिछानेले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।