काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये गजुरेलले २५७ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी शरण महतले ३७ मत र राजु लामिछानेले २८ मत प्राप्त गरेका थिए। यसअघि २१ वर्षको उमेरमै पार्टीको जिल्ला तदर्थ समितिको नेतृत्व सम्हालेका गजुरेलले संगठनलाई वडा र पालिका तहसम्म विस्तार गर्न सफल भएको बताएका छन्। उनले अब आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। निर्वाचन प्राविधिक विषय भएकाले सबै पक्षलाई समेटेर अघि बढ्ने र संगठनलाई अझ बलियो बनाउने उनको भनाइ छ। अधिवेशनबाट कृष्णलाल श्रेष्ठ उपसभापति तथा वसन्त धिताल सचिवमा निर्वाचित भएका छन्। त्यसैगरी, जनजाति सदस्यमा छोपेन तामाङ, महिला सदस्यमा लक्ष्मी पाण्डे, जानुका सापकोटा र राधिका रिमाल निर्वाचित भएका छन्। खुला सदस्यतर्फ क्षेत्र नम्बर १ बाट विपना पाण्डे र क्षेत्र नम्बर २ बाट सुवास भण्डारी निर्वाचित भएको रास्वपा नुवाकोटले जनाएको छ।