काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।
समितिका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ ।