काठमाडौँ। राष्ट्रिय सभा को बुधबारको बैठक पनि लगातार तेस्रो दिन कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विरोध जनाएपछि बैठक अघि बढ्न नसकेको हो । सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले पटक–पटक सांसदहरूलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरे पनि उनीहरू नमान्दा बैठक जेठ २६ गते दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघि सोमबार र मंगलबार पनि विपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिनिधि सभाको जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री शाहले प्रश्नोत्तरका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको हो ।