काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसँगको भेटपछि उनले यस्तो बताएका हुन् । यस्तै उनले साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार रहेको र हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
सभापति लामिछानेले आफ्नो भ्रमण दलका सदस्यसहित र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने भारत भ्रमणमा छन् ।