काठमाडौँ। विष्णु पौडेल ले पार्टी सदस्यताको गुणस्तर कमजोर भए राम्रो परिणाम हासिल नहुने बताएका छन् ।
नेकपा एमाले को केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टी सदस्यता कम्युनिस्ट आन्दोलनको आधारभूत र निर्णायक पक्ष भएको बताए । पौडेलका अनुसार पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर हुन्छ । यदि सदस्यहरू यी गुणले सुसज्जित भए मात्र पार्टीले अपेक्षित सफलता हासिल गर्न सक्ने उनले बताए ।
उनले सदस्यताको गुणस्तर कमजोर भए पार्टीको आकार ठूलो भए पनि परिणाम राम्रो नआउने स्पष्ट पारे । पौडेलले पार्टी सदस्यता केवल संख्यात्मक विषय मात्र नभई वैचारिक र राजनीतिक विषय भएको उल्लेख गर्दै यसलाई संगठन निर्माणको आधारका रूपमा लिनुपर्ने धारणा राखे । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले समेत पार्टी सदस्यता नपाएका उदाहरण रहेको स्मरण गराए । उनका अनुसार पार्टी निर्माण, विचार–सिद्धान्त र मूल्य–मान्यता