काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिएका छन्।
नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर यही जेठ २० र २१ गतेदेखि दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।
उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली सहभागी भएका हुन् । कार्यक्रम काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज देखि सुरु भएको हो । उक्त दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष ओलीले गरेका छन् ।