काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।
भेटका क्रममा आगामी दिनमा एउटै राजनीतिक मोर्चामा अघि बढ्ने विषयमा दुई नेताबीच सकारात्मक सहमति बनेको छ। यद्यपि नयाँ पार्टीको नाम, संगठनात्मक संरचना तथा विभिन्न समूह र व्यक्तिहरूलाई कसरी समेट्ने भन्ने विषयमा थप छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताइएको छ।
राणाले प्रसाईंसहित विभिन्न राष्ट्रवादी तथा राजावादी धारका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक दल घोषणा गर्ने तयारीलाई तीव्र बनाएका छन्। उनिहरूबिच धार्मिक, सांस्कृतिक र राष्ट्रवादी एजेन्डालाई केन्द्रमा राखेर नयाँ दल निर्माणको गृहकार्य भइरहेको छ।
हाल मलमासको अवधि चलिरहेकाले औपचारिक घोषणा रोकिएको भए पनि मलमास समाप्त भएपछि पार्टी घोषणा गर्ने तयारी भइरहेको जनाएको छ ।