काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।
कांग्रेस सभापति गगन थापाले सोमबार कटुवाललाई नेविसंघको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरेका हुन् ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार धनकुटाकी कटुवाललाई संगठनको अध्यक्षमा नियुक्त गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी समेत दिइएको छ ।
कांग्रेसले कटुवाललाई ११ बुँदे कार्यादेश र कार्यविवरणसहित नेतृत्वको जिम्मेवारी सुम्पिएको जनाएको छ।