काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्ग बीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटवार्तामा मन्त्रालयका उच्च अधिकारीहरू तथा चिनियाँ दूतावासका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।