काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाममा उल्लेख गरेपछि रास्वपाका सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन् ।
आज सभापति रवि लामिछानेसँगै दिल्ली जानुअघि उनले रिट दर्ता गराएका हुन् ।आयोगको प्रतिवेदनमा भदौ २३/२४ गतेको घटनामा विभिन्न ढंगले भिडलाई उक्साउने क्रियाकलाप गरेको भन्दै रास्वपाका दर्जनौँ सांसदहरूलाई आरोपित गरेको छ ।
उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही गर्न भनिएको छ । त्यसभित्र बोहोरा पनि परेका छन् ।
बोहरा जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिएनन् । त्यसबेला उनी दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा थिए ।
प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको भन्दै बोहराले खारेजीको माग रिटमा गरेका छन् । उनको रिटमा भोलि पेशी तोकिएको छ ।