काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूको बैठक सुरु भएको छ । सोमबार (जेठ १८) दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदको बैठक बसेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार (जेठ १७) संसद् बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाएका थिए । सोही विषयमा यस दिन प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दल जुटेका हुन् ।
बैठकमा कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सहभागी छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।