काठमाडौँ । नेकपा (एमाले) ले पार्टी पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गरेको छ ।
भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने गरी अध्यक्षदेखि सचिवसम्मका पदाधिकारीहरूको नयाँ वरीयताक्रम टुंगो लगाइएको हो ।निर्धारित वरीयताक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन् ।
उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल तेस्रो, पृथ्वीसुब्बा गुरुङ चौथो, गोर्कण विष्ट पाँचौँ तथा रघुजी पन्त छैटौँ वरियतामा परेका छन् । एघारौँ महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले उपाध्यक्षमध्ये सर्वाधिक मत प्राप्त गरेका थिए ।
यस्तै, सातौँ वरियतामा महासचिव शंकर पोखरेल रहेका छन् । उपमहासचिवहरूमा लेखराज भट्ट पहिलो, रघुवीर महासेठ दोस्रो तथा योगेश भट्टराई तेस्रो वरियतामा परेका छन् ।
सचिवहरूतर्फ छविलाल विश्वकर्मा पहिलो वरियतामा रहँदा महेश बस्नेत अन्तिम वरियतामा परेका छन् ।
१. अध्यक्ष : केपी शर्मा ओली
२. उपाध्यक्ष : रामबहादुर थापा
३. उपाध्यक्ष : विष्णुप्रसाद पौडेल
४. उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ
५. उपाध्यक्ष : गोर्कण विष्ट
६. उपाध्यक्ष : रघुजी पन्त
७. महासचिव : शंकर पोखरेल
८. उपमहासचिव : लेखराज भट्ट
९. उपमहासचिव : रघुवीर महासेठ
१०. उपमहासचिव : योगेश भट्टराई
११. सचिव : छविलाल विश्वकर्मा
१२. सचिव : पद्मा अर्याल
१३. सचिव : खगराज अधिकारी
१४. सचिव : भानुभक्त ढकाल
१५. सचिव : यामलाल कँडेल
१६. सचिव : शेरधन राई
१७. सचिव : राजन भट्टराई
१८. सचिव : हिक्मत कार्की
१९. सचिव : महेश बस्नेत