काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले सांसद ध्रुव राईको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई ले बाँदर र बँदेलले किसानलाई ठूलो समस्या दिएको भन्दै नियन्त्रणका लागि कडा नीति आवश्यक रहेको धारणा राखेका थिए। उनको अभिव्यक्तिमा प्रयोग भएका शब्द र मागप्रति सांसद तामाङले आपत्ति जनाउँदै ती कुरा स्वीकार्य नभएको बताएकी हुन्। उनले सो अभिव्यक्तिलाई फिर्ता लिनुपर्ने र प्रयोग गरिएको भाषा पनि आपत्तिजनक रहेको टिप्पणी गरेकी छन्।