काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष सहभागितामा बैठक बस्न लागेको हो ।
अध्यक्ष ओलीले शनिबार दिउँसो साढे १२ बजेका लागि बैठक आह्वान गरेका छन् । निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम र त्यसपछि उत्पन्न आन्तरिक परिस्थितिका कारण लामो समयदेखि सचिवालय बैठक बस्न सकेको थिएन ।