काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित एक विशेष समारोहका बीच सभामुख डिपी अर्यालले अधिकारीलाई पदको शपथ गराएका थिए ।
शपथ ग्रहणलगत्तै नवनियुक्त सचिव अधिकारीले संघीय संसद् सचिवालय पुगेर आफ्नो कार्यभार समेत सम्हालेका हुन । सभामुख डिपी अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।
यसअघि प्रतिनिधिसभाको सचिवका रूपमा कार्यरत हर्कराज राईलाई सभामुखको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेपछि उक्त स्थानमा अधिकारीको नियुक्ति भएको हो। सचिवालयमा प्रशासनिक नेतृत्वको रूपमा आएका अधिकारीले सदनको कामकारबाहीलाई व्यवस्थित बनाउन आफ्नो भूमिका प्रभावकारी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।