काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राई ले प्रधानमन्त्रीले संसदप्रति देखाएको व्यवहार संसदीय अभ्यासप्रति उदासीनता भएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत नभएको बताए । उनका अनुसार सत्ता पक्षका सांसदहरूले समेत प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको आरोप छ ।
उनले प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको भन्दै आपत्ति जनाए । सचेतक राईले संसदलाई ‘चिया चौतारी’ जस्तो बनाइएको टिप्पणी गर्दै यसलाई गुरुकुल वा विश्वविद्यालयको रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए । तर प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको उनको आरोप छ । प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म विरोध जारी रहने चेतावनी पनि उनले दिएका छन् ।