काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री बन्ने भएका छन् ।
बिहारमा एनडीए गठबन्धनले सम्राट चौधरीलाई आफ्नो नेता चयन गरेसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
यसअघि भाजपाका वरिष्ठ नेता शिवराज सिंह चौहानले सम्राट चौधरी विधायक दलको नेता चुनिएको घोषणा गरेका थिए । उनले बुधबार बिहानै मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
मंगलबार नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पटनामा भाजपाको बैठक बसेको थियो ।