काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई विशेष उडान गर्ने भएको छ । निगमले मंगलबार एक सूचना जारी गर्दै काठमाडौं दुबई विशेष उडान सुरु गर्न लागेको जानकारी दिएको हो ।
निगमको आरए २२९ जहाज ११ मार्चमा काठमाडौंबाट-दुबई प्रस्थान गर्ने र आरए २३० जहाज १२ मार्चमा दबईबाट-काठमाडौं आउने तालिका रहेको जनाएको छ । निगमले उडान समय नियमित तालिका अनुसार नै हुने जनाएको छ । जहाजको सिटको उपलब्धता अनुसार पहिलेदेखि रोकिनु भएका यात्रुलाई पहिले आउनेले पहिले पाउने आधारमा टिकट उपलब्ध गराईने पनि निगमले सूचनामा उल्लेख गरेको छ ।
