काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखराको अमरसिंह चोकमा आफ्नो आत्मकथाको किताब बेच्न सुरु गर्ने बताएका हुन्।
चुनावसँगै किताब पनि बेच्ने उद्देश्यले किताबहरू लिएर गएको भए पनि निर्वाचन आयोगले चुनावका बेला बेच्न नदिएको उनले उल्लेख गरेका छन्।
