डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्।