काठमाडौँ । नेकपा एमालेका जनवर्गीय संगठनहरुले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका हुन् ।
नारावाजीसहित मशाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरि निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चूनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाएने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताउनुभयो ।
उहाले निर्वाचन नै भाड्न खोज्ने गरि भएको कामका विरोध गर्दै यस्ता कामलाई निस्तेज पार्ने उल्लेख गर्नुभयो । गुरुङले एमालेका जनवर्गीय संगठन संविधानलाई जोगाउनका लागि डटेर लाग्ने बताउनुभयो ।
आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भत्र्सना गर्दै झन्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।






