आज हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्री देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

आज महाशिवरात्रीको दिन पशुपतिनाथ दर्शन गर्न दर्शनार्थीको चहलपहल बढेको छ ।
मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छ्न् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू बिहानैदेखि लाइन लगेका छ्न् ।


