काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। परीक्षा उत्तीर्ण गरेर पनि लामो समयसम्म कोरिया जाने प्रक्रिया अघि नबढेको र प्रणालीमा पारदर्शीता नभएको भन्दै युवाहरू सडकमा उत्रिएका हुन्। उनीहरुले सोमबार माइतीघरमा विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर सडकमा उत्रिएका हुन् ।
ईपिएसमा घुसपेट बन्द गर, रोस्टर अवधि थप गर, कम्पनीमा फाइल नपठाउने भए फाईल रोस्टरमा किन राखियो भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन । इपिएस पासहरुलाई छिटो भन्दा छिटो लगियोस जस्ता नारा लगाइएको छ । अस्थायी सरकार हाम्रो पिडा सुन जस्ता नारा बोकेर आन्दोलनमा उत्रीएका हुन ।
ईपिएस भाषा परिक्षा पास भएका विद्यार्थीहरु आन्दोलनमा सहभागी भएका तस्बिरहरु



-1770032274.jpg)

