म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव मैदानमा आएका डा.महावीर पुन म्याग्दी जिल्लाको ग्रामीण वस्तीमा पुगेर किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्कोेका छन् ।
उनि जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै आफ्नो आत्मकथा पुस्तक समेत बिक्री गर्दै फरक ढङ्गले चुनावी अभियान सञ्चालन गरेका छन् । महावीरको स्वतन्त्र उम्मेदवारीले जिल्लामा चुनावी रौनक फरक देखिएको छ ।
डा. पुनले बुधबार धवलागिरी गाउँपालिकाको मुना,मुदी र खिबाङ पुगेर मतदातासँग भेटघाट गर्नुका साथै आत्मकथा पुस्तक बिक्री गरेको उनका सहयोगी चित्र तिलिजाले बताए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका डा. पुनले निर्वाचन प्रचारप्रसारका साथै आफ्नो किताब बिक्री गर्ने उद्देश्य राखेका हुन् ।
अध्यादेशबाट शिक्षा सुधारका लागि विधेयक ल्याउने प्रयास असफल भएपछि झोक्किएर मंगलवार मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न पुर्ख्यौली थलो म्याग्दी आएको डा. पुनले भनाई छ ।