काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृहजिल्ला बैतडीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारी दर्तापछि उनले क्यानको पद के गर्लान् भन्ने जिज्ञासा बढेको छ । समय व्यवस्थापन गरेर काम गर्न सकिने भएकाले तत्कालै अध्यक्ष पद नछोड्ने चन्दले अडानको छ । अझै क्यानको कार्यकाल बाँकी रहेकाले आफूले समय व्यवस्थापन गरेर काम गर्न सक्ने भएकाले पद नछोडने र समय व्यवस्थापन गर्न नसक्ने भए जिम्मेवारी हस्तान्तरण गर्ने चन्दको भनाई छ ।
अहिले पनि कांग्रेस बैतडी सभापति रहेका चन्दले पार्टी र क्यान दुवैको काम सँगसँगै गरेको बताए । चन्दले दोस्रोपटक क्यान अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। चन्द ०७६ मा पहिलोपटक क्यान अध्यक्षमा निर्वाचित भएका थिए भने ०८० सालमा दोस्रोपटक निर्विरोध अध्यक्ष भएका हुन् ।