काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई समुन्नत बनाइने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले लेखेका छन् ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’ विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।