रौतहट । रौतहट क्षेत्र नं ४ बाट सञ्चारकर्मी ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्।
पहिले उनी स्वतन्त्र उम्मेदवारी दिएर पार्टीको चुनाव चिह्न प्रयोग गर्न चाहेका थिए, जसका कारण केही समयसम्म उम्मेदवारी रोकिएको थियो। तर पछि आम जनता पार्टीको औपचारिक उम्मेदवार बनेसँगै उनको दर्ता प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिएका छन्।