धनगढी । कैलाली क्षेत्र नम्बर २ मा केपी खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गराएका हुन् ।
उनी रास्वपाबाट टिकट पाउने सुदूरपश्चिमका सबैभन्दा कान्छा उम्मेदवार पनि बनेका छन् । खनाल सानै उमेरदेखि सरसफाइलगायत सचेतना अभियानमा सक्रिय रहँदै आएका छन् ।