वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया उम्मेदवार बनेका छन् । चौरसियाले उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।
को हुन् चौरसिया
पर्साको विन्दवासिनी गाउँपालिका ४, अमरपट्टीमा २०२१ माघ १५ गते जन्मिएका चौरसिया, हाल वीरगञ्ज महानगरपालिका-११ मा बस्छन् । भारतबाट अलंकारमा स्नातक तह उतिर्ण गरेका उनी नेपाल फर्किएपछि राजनीतिमै सक्रिय छन् । २०४८ सालतिर सद्भावना पार्टीमा रहेका नेता चौरसिया ०५१ सालदेखि नेपाली कांग्रेसमा छन् । उनी २०५२ सालमा कांग्रेसको ९औं महाधिवेशनबाट महाधिवेशन महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्य बनेका थिए भने २०६६ मा भएको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी १३औं र १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भए ।चौरसियाको संसदीय यात्रा भने ०५६ बाट सुरु भएको हो ।