काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनाले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको संसदीय बोर्डले उनलाई काठमाडौं ४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाली क्रिकेट क्षेत्रमा कमेन्टेटरमा रूपमा परिचित तिमल्सिना गगन थापा निकट मानिन्छन । उनले विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आइरहेका छन । गगन थापा सर्लाही क्षेत्र ४ बाट उम्मेदवार बन्ने भएपछि थापाको क्षेत्रमा तिमल्सिनाले उम्मेदवारी दिने भएका हुन् । काठमाडौं–४ बाट उम्मेदवार बनेका तिमिल्सिना युथ कांग्रेसका संस्थापक सभापति र स्थानीय बासिन्दा हुन्।