धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए ।