काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उमेदवारी दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेका हुन् ।
आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन रास्वपामा आएका हुन् ।
बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिष्पर्धा रोजेका छन् ।