काठमाडौँ। पूर्व शिक्षमन्त्री महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले आजै म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् ।