धनगढी । नेपाली कांग्रेसले डडेलधुराबाट नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई उठाउने भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नलड्नेभएपछि काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका हुन् । २०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।
देउवाको विकल्पमा महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । तर, महरलाई टिकट दिन पार्टी सकारात्मक भएको छ । अब महर र रास्वपाका डा. तारा जोशीबिच भिड्न्त हुने भएको छ । डा. जोशी पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् । उनले सोमबार मात्रै राजीनामा दिएका हुन् ।
जोशी गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गर्न सफल भएका थिए।