काठमाडौं – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले चितवन क्षेत्र नम्बर १ मा युवा नेता इन्द्रकमल बुढाथोकीलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ।
काठमाडौंको होटल पबेरीमा जारी पार्टी बैठकमा बुढाथोकीको नाम तय भएको काँग्रेसनिकटस्थ स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार पार्टी भित्रको छलफलपछि इन्द्रकमल बुढाथोकीको उम्मेदवारीमा सहमति जुटेको हो। उनी नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निकट नेता मानिन्छन्।
चितवन–१ मा बुढाथोकीको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग हुने छ। ढकाल गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
नेपाली काँग्रेसले चितवन–१ सहित देशभर विभिन्न क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ।