काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ ।
